तल्लो जात भन्दै कोठा भाडा दिन अस्विकार गरेकी बबरमहलकी घरबेटी प,क्राउ
असार ६ ,काठमान्डौ – दलित भन्दै कोठा भाडा दिन ईन्कार गरेपछि काठमाडौंको महानगरपालिका, ११ बबरमहलकी सरस्वती प्रधानलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।
प्रहरीले घरबेटीविरूद्ध गत शुक्रबार नै जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो। कोठा भाडा खोज्दै गएकि सञ्चारकर्मी रुपा सुनारलाई घरबेटीले तल्लो जात भन्ने थाहा पाएपछि कोठा भाडा दिन अस्विकार गरेकी थिइन्।
प्रधानको घरमा कोठा खाली थियो । बिहान कोठा दिने सहमति गरेकी प्रधानले साँझ सुनार भन्ने थाहा पाएपछि आफुले कोठा दिन नसक्ने बताएकि थिइन् रूपा इमेज टेलिभिजनको उकाली ओराली कार्यक्रमकी प्रस्तोता हुन्।
उनले आफूमाथि भएको विभेदविरुद्ध अधिकारकर्मी , पत्रकार र कानून व्यावसायीको उपस्थिती र छलफलपछि जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन, २०६८ अनुसार प्रहरीमा जाहेरी दर्ता गराएकी हुन् ।
त्यसबमोजिम कसुर गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र पचास हजार देखि दुई लाख रुपैयाँ सम्म जरिवाना हुनसक्ने कानुनी प्रावधान छ।