मेलम्ची राहत वितरणमा ओली सरकारको राजनीति राहत लिएर जानेलाई प्रवेश निषेध
असार ६ ,काठमान्डौ – गत मंगलबार आएको मेलम्चीमा बाढीले क्षत विक्षत भएका पिडित नागरिकमाथि काम चलाउ प्रधानमन्त्री केपी ओली सरकारले राजनीति लादेको छ।
बाढी पिडितले कयौदिनबाट खान पिउन समेत पाएका छैनन्। सरकारले अहिले सम्म बाढी पिडितलाई एक मुठी चामल समेत नदिएर मुखदर्शक बनेर बसेको छ भने राहात वितरण गर्न समेत जना नदिने भन्दै बाढीपीडित बसेको ठाउँमा प्रवेश निषेध गरिएको छ।
एमाले निकट अनेरास्ववियूले बिहिबार राहत वितरणको नाममा ब्यानर राखेर पसल थापेको थियो जसमा केहि छिन मुडभेट समेत भएको थियो भने स्थानीयले ब्यानर च्यातेर फाल्दीएका थिए। जसले गर्दा अहिले स्थानीय पिडित स्थानीयले राहत पाउन मुश्किल भएको छ।
अनेरास्ववियूका कारण विवाद भएपछि हाल बाढी पीडितलाई राखिएको इन्द्रेश्वरी माविमा पीडितबाहेक कसैलाई जान नदिईएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए।
मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले पनि राहत वितरणलाई व्यवस्थित गर्न खोजिएको बताए ।
अहिले वडा अध्यक्षमार्फत पीडितको यकिन विवरण संकलन गरिरहेको र विवरण आएपछि पिडितलाई अस्थायी परिचय पत्र दिएर वितरण गरिने बताएको छ। जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितिमार्फत राहत वितरण गरिने भन्दै पिडितलाई राहत पुनबाट वन्चित गरिएको हो।