Simta
Simta
lekbesi

तारा एअरको विमान दुर्घटनामा

Gurvakot

जेठ २७ , सुर्खेत
हिजो शनिबार दिउँसो जुम्लाको धावनमार्गमा तारा एअरको विमान दुर्घटनामा परेको थियो । ९एमएइभी कल साइन भएको तारा एअरको विमान शनिबार दिउँसो सवा तीन बजे अवतरणको क्रममा जुम्ला विमानस्थलमा दुर्घटनामा परेको थियो ।

विमान अवतरणका क्रममा धावनमार्गमा अघिल्लो भागको चक्का पन्चर भएर धावनमार्गमा नोज ठोक्किन पुगेको विमानस्थल स्रोतले बतायका हुन् । चालक दलका दुई सदस्यसहित विमानमा १६ यात्रु सवार रहेको बताइएको थियो ।

“विमान दुर्घटनामा परेको हो तर मानवीय क्षती छैन,” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले पनि दुर्घटनाको पुष्टि दिदै बताय ।

lekbesi
Simta