उपत्यकामा बार अनुसार कुन -कुन पसल खोल्न मिल्छ
काठमान्डौ – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लब्याईएको छ भने केहि खुकुलो बनाईएको छ । उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आइतबारको संयुक्त बैठकले निषेधाज्ञालाई केहि हेरफेर गरेको हो।
काठमाडौं उपत्यकामा बार तोकेर पसल खोल्न दिने निर्णय गरिएको छ । आइतबार, मंगलबार र बिहिबार सुन पसल, भाँडा भान्सा, विद्युतिय सामग्री, अटोमोबाइल शो रुम, मोटस पार्टस र इलेक्टोनिक्स सामग्री र कम्युटर पसल खोल्न पाइन्छ ।
सोमबार र बुधवार र शुक्रवार डिपार्टमेन्टल स्टोर, सपिङ मल खेलकुद सामग्री, कस्मेटिक साडी, गिफ्ट आइटम र कपडा पसल खोल्न दिने निर्णय गरिएको छ । बारअनुसार खुल्ने पसल बिहान ११ बजेबाट ४ बजेसम्म मात्र खोल्न पाईने छ।
त्यस्तै यस अघि बिहान ११ बजे सम्म खोल्ने गरिएका खाद्यान्न ,तरकारी, फलफूल ,स्टेशनरी, पसलहरुभने पुरानै निर्णय कायम गरिएको छ । असार १ बाट लागू हुनेगरी किराना र स्टेशनरी पसल बिहान ११ बजेसम्म खोल्न दिने निर्णय गरेको थियो ।
त्यस्तै ८ गतेबाट निजि सवारी साधन जोर बिजोर प्रणालीबाट संचालन गर्न पाइने छ जसमा ट्याक्सी पनि चल्न पाउने छन्।