विध्यार्थिलाई आन्दोलनमा उत्रिन बाबुरामको आवहान ,,

जेठ २७ काठमाडौं – डा.बाबुराम भट्टराईले संविधानमा व्यवस्था गरिएको शिक्षा र स्वास्थ्य सम्बन्धी मौलिक हकलाई लागू गराउन तत्काल कानून निर्माण गर्न सरकारलाई दवाव दिएका छन् ।

नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री भट्टराईले
विद्यार्थी संगठनहरुलाई शिक्षा र स्वास्थ्य सम्बन्धी मौलिक हकलाई लागू गराउन दवाव आन्दोलन सुरु गर्न पनि आहृवान गरे।

आइतबार काठमाडौंमा आयोजित ‘विद्यार्थी आन्दोलन र अबको बाटो’
विषयको अन्तरक्रिया कार्यक्रममा बोल्दै संयोजक भट्टराईले आगामी असोज ३ गते भित्र संविधानमा व्यवस्था गरिएको सबै मौलिक हकलाई लागू गराउन कानुन बनाइसक्नु पर्ने भएपनि सरकार तत्सम्बन्धमा गम्भीर नभएको आरोप पनि लगाए ।

lekbesi

उनका अनुसार वर्तमान सरकारले पुँजीवादीकै पक्षमा शैक्षिक नीति लियको आरोप समेत लागाय ।

शिक्षा र स्वास्थ्यलाई मौलिक हकको रुपमा व्यवस्था गरेको उल्लेख गर्दै त्यसलाई लागू गर्न कानून निर्माण गर्न सरकारलाई दवाव दिन र विद्यालय शिक्षालाई निःशुल्क र उच्च शिक्षामा आवश्यक छात्रवृत्तिको व्यवस्था गराउन पनि सरकारलाई दवाव दिन विद्यार्थी संगठनका नेताहरुलाई भट्टराईले आग्रह गरे ।