कर्णाली सुर्खेत र दैलेखमा पाँच सय माथि सक्रिय कोरोनाका बिरामी
असार ७ सुर्खेत – कर्णाली प्रदेशमा हाल २८४६ जना आइसोलेसनमा रहेका छन् ति मध्ये सबै भन्दा बढी होम आईसोलेसन २५ ९३ र संस्थागत आईसोलेसनमा २५३ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो समय कर्णाली प्रदेशमा १५ जनाको आईसीयुमा र ३ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ।प्रदेशको सुर्खेत र दैलेखमा ५०० सय भन्दा बढी सक्रिय बिरामी रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै देशभरमा गत २४ घन्टामा थप २,२९७ जनामा कोरोना संक्रमण फेला परेको छ।