नेपालमा भेटियो झनै खतरानाक डेल्टा भेरियन्ट

असार ७ ,काठमान्डौ – नेपालमा कोभिड–१९ संक्रमणको डेल्टा भेरियन्टको फेला परेको छ । डेल्टाको उत्परिवर्तन भेरियन्ट बढी संक्रामक रहेको र यसले सबै उमेर समूहका व्यक्तिमा असर गर्ने मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतको नयाँ दिल्लीमा अनुवांशिक (जिन सिक्वयन्सिङ) गर्दा डेल्टा भेरियन्टको नयाँ रुप नौ वटा नमुनामा फेला परेको जनाएको छ । नेपालमा अहिलेसम्म अल्फा बी.१.१.७ र डेल्टा बी.१.६१७.२ तथा कप्पा बी.१.६१७.१ भेरियन्ट पुष्टि भएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नमुना परीक्षणमा अणुवांशिक पहिचान गर्दा ४७ डेल्टा भेरियन्ट पुष्टि भएकामध्ये ९ वटामा थप उत्परिवर्तन रुप के ४१७ एन म्युटेसन देखिएको बताए । यसलाई एवाई.१ नाम दिइएको छ । यस्तै यो नेपालसहित विभिन्न १० देशमा देखिएको पनि मन्त्रालयले जनाएको छ।

May be an image of text