surkhet

माओवादी केन्द्रले स्थानीय जनप्रतिनिधि र केन्द्रिय सदस्यलाई कारबाहीको पत्र निर्वाचन आयोगमा बुझायो

surkhet

काठमान्डौ – नेकपा माओवादी केन्द्रले नेकपा विभाजनपछि एमाले रोजेका १४ जना स्थानीय जनप्रतिनिधि र १७ केन्द्रीय सदस्यलाई कारबाही गरिएको पत्र निर्वाचन आयोगमा बुझाएको छ ।

पार्टीको सोमबार बसेको आकस्मिक केन्द्रीय समिति बैठकले उनीहरुलाई निष्कासनको गरेको र दल दर्ता किताबमा रहेको विवरण सच्याउन आयोगमा पत्र पठाएको हो।

Gorkha

यस अघि कारबाहीको पत्र पठाएपनि निर्वाचन आयोगले केन्द्रीय समितिको निर्णय माग गरेपछि माओवादी केन्द्रले केन्द्रीय समितिबाट निर्णयसहित पठाएको हो ।

Dailekh

माओवादी केन्द्रले दुई नगरपालिकाका मेयर, गाउँपालिका अध्यक्षसहित विभिन्न जिल्लाका वडाध्यक्ष र सदस्यको पद रिक्त गराउन कारबाहीलाई कारबाही गरेको छ ।कारबाही पर्नेमा अधिकांस रौतहट र कैलालीका रहेको पाईएको छ ।

यस अघि रामबहादुर थापा वादल, टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्टसहितका केन्द्रीय सदस्यको कारवाही केन्द्रीय समितिले अनुमोदन गरेपनि आयोगमा अध्यावधिक गराएको थिएन । आयोगले केन्द्रीय समितिको निर्णय माग गरेपछि आयोगमा आज बुझाईएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताए।

salyan