बाख्राको मासुलाई खसीको भनेर बिक्री गर्ने दुई जना प,क्राउ

रौतहट – रौतहटमा बाख्राको मासुलाई खसीको मासु भनेर बिक्री गर्ने २ जना प,क्राउ परेका छन।

गौर नगरपालिका वडा नं १ गौर बजारमा बाख्राको मासुलाई खसीको मासु भनि बेचबिखन गरिरहेकोबेला सोमबार दिउँसो प्रहरीले प,क्राउ गरेको हो ।

पक्राउ पर्नेमा  गौर नगरपालिका वडान ३ का २४ बर्षका लाल मोहमम्द र वडान १ वस्ने वर्ष ३० का महमम्द नसिव रहेको रौतहट प्रहरी जनाएको छ ।

उनीहरुलाई अन्दाजी ३५ किलो बाख्राको मासुसहित नियन्त्रणमा लिई थप कारवाहीको लागी जिल्ला प्रशासन कार्यालयमा पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।