रुकुम चौरजहारी

काठमान्डौ महानगरपालिकाको सिन्धुपाल्चोकका बाढी पिडितलाई २ करोड हेलम्बुलाई ५० लाख सहयोग

रुकुम आठ विसकोट

असार ७ ,काठमान्डौ – काठमान्डौ महानगरपालिकाले बाढी पिडित सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई आर्थिक सहयोग गरेको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सोमबार बाढीग्रस्त पुगेर सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई २ करोड रुपैयाँ र पाँचपोखरी थाङ्पाल र हेलम्बु गाउँपालिकालाई ५०/५० लाख रुपैयाँ सहयोग गरेका हुन्।

विपदको बेला थोरै भएपनि सहयोग हुने शाक्यले बताए। बाढीले महाविपद ल्याएको छ ,धेरै पिडित हुनुहुन्छ आगामी दिनमा पनि थप सहयोग गर्ने प्रतिबदता गर्छु। यस्तै पानी पर्ने सिजन आउन अझै बाँकी छ ,थप पूर्वाधारको क्षति हुन नदिन ध्यान दिन पनि उनले आग्रह गरे ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा सहभागी स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले विपत्ग्रस्त पालिकाहरुले विपत् व्यवस्थापनका लागि छुट्टै कोष खडा गर्न अनुरोध गरेका थिए ।

प्रतेक बर्ष विपद भईरहने र वास्तविक पिडितको हातमा राहत सहयोग पुग्न नसकेको भन्दै सम्बन्धित पालिकाहरुले विपत् व्यवस्थापनका लागि छुट्टै कोष खडा गर्न उनले अनुरोध गरेका थिए।

कोष खडा गर्दा देश विदेशबाट सहयोग गर्न चाहने सबैले सजिलै सहयोग गर्न सकिने पनि तामाङले बताए। सिन्धुपाल्चोकमा असार १ गतेको बाढीले अर्बौ क्षति गरेको छ भने भौतिक संरचना ध्वस्त भएका छन्। त्यस्तै बाढीमा पारि वेपत्ता भएका २० जना अझै सम्म फेला परेका छैनन्।