हुम्लामा एक सय विपन्न वर्गलाई खाद्यान्न वितरण
असार ७ ,हुम्ला – कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाको चमकेलि गाउँपालिका वडानम्बर २ चमकेलिका विपन्न परिवारलाई राहत वितरण गरिएको छ।
गाउँपालिकाका प्रमुख आभासले वडान २ का एक सय दलित घर परिवारलाई खाद्यान्न राहत वितरण गरिएको बताए।
कोरोनाको लहरमा गरिएको निषेधाज्ञाले मजदुरी गर्न नपाएका अति विपन्न वर्गका घर परिवारलाई चामल ,तेल ,नुन ,चिउरा लगायतका खाद्यान्न उपलब्ध गराईएको हो।
गाउँपालिकाका प्रमुख आभासका अनुसार पहिलो चरणको पनि राहत वितरण गरिएको थियो ,यो दोस्रो चरणको राहत हो।