तिन वर्षबाट अचेत अवस्थामा रहेकी कलाकार निशा घिमिरेको स्वास्थ्यमा सुधार ,ह्वील चेयरमा बस्ने भईन

असार ८काठमान्डौ – गाडी दुर्घटनामा परेर तिन वर्षाबाट अचेत अवस्थामा  रहेकी कलाकार निशा घिमिरेको स्वास्थ्यमा सुधार देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

बिरामी घिमिरलाई थापाथाली स्तिथि नर्भिक अस्पतालकाकि प्रबन्ध निर्देशक मेघा चौधरीले उद्धार गरी अस्पतालमा उपचार गरिरहेकी छिन।

सामाजिक सञ्जालभरि मेघाको अवस्था देखेपछि मेघा चौधरीले जेठ २७ गते उद्धारगरि अर्भिक अस्पतालमा ल्याई उपचार थालेकी थिइन्।

तिन बर्ष देखि मृत्युको शैयामा अचेत अवस्थामा रहेकी उनको उपचारपछि अनुहारमा चमक देखिएको र अहिले केहि हलचल हर्न सक्ने र ह्वील चेयरमा बस्न सक्ने भएको उपचारमा संलग्न चिकित्सक बताउछन।

उनका अनुसार घिमिरेले अहिले केहि बोल्न खोजेको जस्तो र आँखाबाट हाउभाउ गरे जस्तो गर्ने गर्दछि। हाल नर्भिक अस्पतालले ह्विलचेयर थेरापी, म्युजिक थेरापी लगायतका विभिन्न विधिबाट उनको उपचार गरिरहेको छ ।

उपचारमा संलग्न डा.पंकज जलानका अनुसार उनलाई पाईपबाट खान दिईएको छ ,अहिले भोक लाग्यो भनेर संकेत दिए जस्त गरेको र कराउने कोसिस गरेको उनि बताउछन।

जलानका अनुसार निशाको दुर्घटनाका गम्भीर ब्रेन इञ्जुरी भएको हुँदा निको हुने संभावना भने एक धम कम छ। निशाको ब्रेन पुरा ड्यामेज भएको उनले बताए ।तर अस्थिपञ्जर मात्रै बाँकी रहेको अवस्थाबाट अहिले केहि हल्का पहिले भएका पुराना घाउहरु केहि निको भएका छन्।

चिकित्सकले डाइट र थेरापीमा फोकस गरेको प्रोटिन, क्यालोरिजहरु प्रशस्त दिईएको डा पंकज जलानले बताए। ​निशाको अवस्थालाई उनले ‘जनरल कन्डीसन इम्प्रूभ’ भएको अवस्थाको रुपमा बुझ्न सकिने बताएक हुन् ।

नेपालमा कलाकारिता क्षेत्रमा लागेकी मोडल निशा घिमिरे डिप्लोमा कोर्स पढ्न भन्दै आज भन्दा तिन वर्ष बहिले भारत पुगेकोबेला उनको गाडी दुर्घटना भएको थियो। त्यसपछि उनि अचेत अवस्थामा छिन।

भारतमा घर परिवारले उपचार गरेको थियो ,निम्न घर परिवारले उपचार गर्न नसकेपछि नेपालमा ल्याएर ट्रमा सेन्टरमा उपचार गरेको थियो।

लामो समयसम्म निको नभएपछि निशाका बुबा प्रेम प्रसाद घिमिरेले विभिन्न अस्पतालमा पनि उपचार गरेका थिए। पछिल्लोस समय निशालाई चिकित्सकहरुकै सल्लाहअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरहरुमा लगेर उपचार गरिएको थियो। तर उनको होस् भने अझै आउन सकेको छैन।

निशाको अवस्थालाई देखेपछि सबैले सक्दो आर्थिक सहयोग पनि गरिरहेका छन्। निशाको नाममा अक्षयकोष स्थापना गरी सहयोग रकम उठाउने क्रम पनि जारि छ। अस्पताल श्रोतले पनि आफुहरुसङग भएको सबै विधि प्रयोग गरेर उपचार गर्ने जनाएको छ।