suekhet
bheriad

असारदेखि लाईसेन्सको आवेदन बन्द गरिने ,,

lekabesi

जेठ २७ ,काठमाडौं – सरकारले असार महिनाभर सवारी चालक अनुमतिपत्र को आवेदन नलिने भएको छ । यातायात व्यवस्था विभागले आफू मातहतका कार्यालयहरुलाई परिपत्र गर्दै असार १ देखि कुनै पनि फारम नलिन जानकारी गरेको छ ।

हाल सरकारले अनलाइनमार्फत नै लाइसेन्सको आवेदन भर्ने व्यवस्था गरेको छ तर यो कार्य असार देखि बन्द गर्दैछ । साउन १ गतेबाट फेरि नयाँ आवेदन खोल्ने विभागको योजना छ ।

विभागले काठमाडौं सहित सबै अञ्चलहरुमा कार्यालयहरुलाई असारका लागि अनलाइन फारम नलिन निर्देशन दिएको छ । अनलाइन फारम भरेकाहरुको ट्रायल तथा रिट्रायल असारभित्र सक्नुपर्ने भएकाले यस्तो निर्देशन दिइएको विभागका प्रवक्ता तुल्सीराम अर्यालले जानकारी दिए ।

असारसम्म राजस्व हिसाव मिलान गर्नुपर्ने कारण देखाएर ट्रायल रोक्न लागिएको हो । सेवाग्राहीको संख्या धेरै भएकाले असार महिनाका लागि आवदेशन भरेकाहरुको पनि परीक्षा रद्द गर्ने तयारी छ ।

गाडी ,बाईक ठुला सवारी कुनै पनि साधनको लाईसेन्स फारम नलगिने भईयको छ ।,