देशभरि नेपाल टेलिकमको पोष्टपेड मोबाईल फोन अवरूद्ध

असार ९ ,काठमान्डौ – देशभरिका नेपाल टेलिकमको पोष्टपेड मोबाईल फोन अवरूद्ध भएको युजर ग्राहकहरुले गुनासो गरेका छन्। फोन गर्दा कट हुने ,डाईलिङ्ग गद्रा लामो समय सम्म नलाग्ने लागेपनि अवाज क्लियर नाउने जस्ता समस्या देखिएपछि ग्राहकहरुले गुनासो गरेका छन्।

त्यस्तै नमस्ते टेलिकमको प्रिपेड फोनमा पहाडी जिल्लाहरुमा समस्या देखिएको छ। धेरै जस्तो कर्णाली प्रदेशको जाजरकोट, सल्यान ,हिमला ,जुम्ला कालिकोटमा फोन नलाग्ने टावर नदिने समस्या देखिएको स्थानीय बताउछन।

त्यस्तै जाजरकोटको बारेकोट लगायतका क्षेत्रमा लामो समय देखि नमस्ते मोबाईलले काम गरेको छैन। त्यसैगरी सुर्खेतको गुर्भाकोट नगरपालिकाका क्षेत्र धारापानी ,सहारे ,मलारानी ,लगायतका स्थानमा पनि नमस्ते मोबाईलले काम गरेको छैन।

lekbesi

फोन गर्नुपर्ने भने डाँडामा जानुपर्ने वा मोबाइल माथि गराउनुपर्ने फोन लागेपनि आवाज काटेर आउने जस्ता समस्या देखिएका छन्। उक्त क्षेत्रमा अधिकांस मोबाईलका टावरहरु सोलारबाट चल्ने गरेका छन्। केहि दिनको लागातार वर्षाले गर्दा घाम लाग्न नपाउँदा पनि टेलिकममा समस्या देखिएको छ। त्यस्तै समस्या देखिएक स्थानमा तत्काल समस्या गर सरोकारवालासंग स्थानीयले माग गरेका छन्।