एमालेलाई तहसनहस गरेर गलत बाटो अंगाल्दाको परिणाम भोग्दै छौ :भिडियो
असार ९ ,काठमान्डौ – नेकपा एमालेका नेता पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले काम चलाउ प्रधानमन्त्री केपी ओलीले एमालेलाई तहसनहस गरेर गलत बाटो अंगाल्दाको परिणाम भोगनुपरेको प्रतिक्रिया दिएका छन्।
ओलीले अवैधानिक ढंगले मन्त्रिपरिषद गरेपछि सर्वोच्च अदालतले बदर गरिदिए लगतै नेपालले यस्तो प्रतिक्रिया दिएका हुन्। सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तब्यमा नपुग्ने र राम्रो परिणाम पनि नमिल्ने नेपालले बताए।
त्यस्तै आफूहरुले गलत बाटोको खबरदारी गर्दै आएपनि ओलीले नटेरेपछि यसको परिणाम अहिले सिंगो देश र जान्ताले भोग्नुपरेको बताएका छन्।
नेपाल राष्ट्रको गरिमा ऊँचो राख्न तथा संविधान, गणतन्त्र र नेपाली जनताको हितको रक्षा गर्न सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र परिवर्तनकारी सकारात्मक शक्तिहरू एक भई मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाउन पनि उनले आग्रह गरेका छन्।मन्त्रिपरिषदविरुद्द परेको सुनुवाई गर्दै हिजो सर्वोच्चले २० मन्त्रीलाइ पदमुक्त गरेको छ।