रुकुम चौरजहारी

युवा नेता धिरज उपरकोटी गोरखा बारपाक पुगेर गाँउपालिकालाई कोरोनाका अत्यावस्यक स्वास्थ्य सामाग्री हस्तान्तरण

रुकुम आठ विसकोट

असार ९ गोरखा- वाईसीएल नेपाल केन्द्रीय सदस्य युवा नेता धिरज उपरकोटीले आज बारपाक सुलिकोट गाउँपालीकालाई अत्यावस्यक स्वास्थय सामग्रीहरु उपलब्ध गराएका छन्।

उनि गोरखा पुगेर बारपाक सुलिकोट गाउँपालीका अध्यक्ष बिष्णु भट्ट ,गाउँपालीका स्वास्थ्य कार्यालय उपप्रमुख कृष्ण भट्टलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन्।कोरोनाबाट बढी प्रभावित क्षेत्रमा स्वस्थ्य सामग्री उपलब्ध गराईएको उपरकोटीले बताए।

उनका अनुसार पल्स अक्समिटर ३ थान,फेस सिल्ड ३० थान,शुकवर ५० थान,थर्मल गन २ थान,गम बुट १० थान हस्तान्तरन गरिएको हो। यस्तै एन ९५ माक्स ५० थान ,अक्सिजन सिलिण्डर ठुलो २ थान,अक्सिजन कन्सट्रेशन १ थान उपल्न्ध गराईएको छ।

त्यस्तै सुलिकोट गाउँपालीका वडान ७ पाँच कुवादेउराली स्वास्थ्य चौकीलाई पनि कोरोना समबन्धिका अत्यावस्यक स्वास्थ्य सामाग्री उपलब्ध गराईएको धिरज उपरकोटीले जनाए।

वडा अध्यक्ष कृष्ण गुरुङ र पाँच कुवादेउराली स्वास्थ्य चौकी प्रमुख सैलेस धिताललाई पि.पि सेट १० थान ,सर्जिकल ग्लोब्स २ बक्स,एन ९५माक्स ३० थान ,सर्जिकल माक्स १०० थान ,फेस सिल्ड २० थान ,अक्सिजन फ्लो मिटर २ थान ,पल्स अक्समिटर १ थान,थर्मामिटर २ थान उपरकोटीले हस्तान्तरण गरेका हुन्।

कोरोना महामारीको संक्रमण कायम रहेको कारण गाँउपालिकाका स्वस्थ्य चौकीलाई थप स्वास्थ्य सामाग्री उपलब्ध गराउने पनि उनले प्रतिबद्दता जनाएका छन्।

वाईसीएल नेपालका केन्द्रीय सदस्य रहेका युवा नेता धिरज उपरकोटीले केही हप्ता अगाडि पनी बारपाक सुलिकोट गाउँपालीकालाई बिभीन्न स्वाथ्य सामग्री हस्तान्तरण गरेर फर्कीएका थिए।

त्यस्तै उनले गोरखाबाट काठमान्डौमा बसोबास गरिरहेका र अन्य जिल्लाका बिरामीहरुलाई अस्पतालमा बेड मिलाउने देखि अक्सिजन उपलब्ध गराउने काम गरेका थिए।

केहि दिन यता अगाडी मात्र बारपाक सुलिकोट गाउँपालीकको वडानं १ र २ मा कोरोनाबाट २० जनाको ज्यान गएको थियो। उक्त वडामा अहिलेपनि थुप्रै स्थानीय नागरिक होम आईसोलेसनमा छन्।

कोरोनाको कहर कायम रहेकोले नागरिकलाई स्वास्थ्य मापदण्ड पालना गर्दै सुरक्षित रहनपनि उनले आग्रह गरेका छन् भने मृतकप्रति दुख ब्यक्त गरेका छन्।