रुकुम चौरजहारी

मेलम्चीका बाढिपीडितलाई विश्व हिन्दू परिषद नेपालको अत्यावस्यकका सामाग्री सहयोग

रुकुम आठ विसकोट

असार ९ ,काठमान्डौ – समग्र देश कोरोना महामारी प्रकोपसँग जुधिरहेकै अवस्थामा मेलम्चीबासी प्राकृतिक प्रकोपका कारण थप संकटमा परेको छ ।

पानीका कारण सधैं चर्चामा आइरहने मेलम्ची यसपालि पानीकै कारण अकल्पनीय त्रासदीमा परेको छ । मेलम्ची नदीमा असार १ गते मंगलबार राति आएको बाढी बस्तीमा पस्दा हजारौ घर परिवार बेघर भएका छन् ।

बाढीले ठुलो जनधनको क्षती भएको छ । यस प्राकृति आपताका कारण समस्यामा परेका मेलम्चीबासीको सहायताका लागि विश्व हिन्दू परिषद नेपाल, एकल अभियान नेपाल एवं लायन्स क्लव अफ काठमाण्डौ, समर्पणले संयुक्तरूपमा राहत एवं उद्यार कार्य शुरु गरेको छ ।

विश्व हिन्दू परिषद नेपाल, एकल अभियान नेपाल एवं लायन्स क्लव अफ काठमाण्डौ समर्पणका संयुक्त राहत टोलीले शनिबार मेलम्चीका बाढिपीडितलाई थाल १०० पिस,गिलास १०० पिस,कटोरा १०० पिस,फ्राईपिन ५ पिस,कम्बल १०० पिस,प्रेसर कुकर २५ पिस,त्रिपाल १२२ पिस,ग्याँस चुलहा ४८ पिस,चुलहा पाइप ४८ पिस,डिनर प्लेट ७२ पिस,थरमस ४८ पिस,कराई ८ पिस,रासन प्याकेट २०० पिस राहत स्वरुप निम्न सामग्री उपलब्ध गराएको हो ।

त्यस्तै हिन्दू परिषद नेपालले खाद्यनमा चामल १० किलो, दाल २ किलो,तेल १ लिटर, चना २ किलो,सोयाबिन २०० ग्राम,चिउरा २ केजि,नुन १ पाकेट, बेसार १ पाकेट,मिक्स मसला १ प्याकेट,खुर्सानी १ प्याकेट,चाउचाउ १० प्याकेट,मच्छर धुप लगायतका सामग्री उपलब्ध गराएको छ।

त्यस्तै आगामी चरणहरुमा थप सहयोग सामग्री उपलब्ध गराउन प्रयास गरिने विश्व हिन्दू परिषद नेपालका राष्ट्रिय संगठन सचिव श्री प्रल्हाद कुमारले बताए ।