ज्वाला संग्रौलालाई थप ५ दिन हिरासतमा राखेर अनुसंधान गरिदै
असार १० काठमान्डौ – ज्वाला संग्रौलालाई हिजोदेखि थप ५ दिन हिरासतमा राखेर अनुसंधान गर्न जिल्ला अदालतबाट म्याद थप भएको छ।
अभद्र व्यवहार सम्बन्धी कसूरमा पक्राउ परेकी ज्वाला संग्रौलालाई गत ७ गते तिन दिन सम्म हिरासतमा राखेर अनुसन्धान भईरहेको थियो। संग्रौलासँगै उनका पति हिमाल उपाध्याय र शर्मिला वाइवालाई पनि थुनामा छन्।
युवा संघकी नेतृ खुश्बु (नविता) घिमिरेले दिएको किटानी जाहेरीका आधारमा संग्रौला सहित तिन जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। संग्रौलाले प्रहरी वृत्त, गौशालामा घिमिरेमाथि एक महिना अघि कुटपिट गरेको जाहेरी छ ।