रुकुम चौरजहारी

सुर्खेतमा असार १७ गतेसम्म निषेधाज्ञा थप

रुकुम आठ विसकोट

असार१० ,सुर्खेत – कर्णाली प्रदेश सुर्खेतमा जारी निषेधाज्ञा असार १७ गतेसम्म लम्ब्याइएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बिहीबार बसेको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिएका हुन् ।

निषेधाज्ञा अवधिमा बैंक तथा वित्तीय संस्थाहरु र सरकारी कार्यालयहरु खोल्न पाउने यस अघिको निर्णयलाई निरन्तरता दिईएको छ । त्यस्तै बिहान ६ बजेदेखि ११ बजेसम्म खुल्दै आएका पसलहरु २ बजेसम्म खोल्न दिईने निर्णय भएको रिजालले बताए।

यस्तै खाद्य सामग्रीका पसल, निर्माण सामग्री, हार्डवेयर, इलेक्ट्रोनिक, भाँडा पसल, पुस्तक पसल, फेन्सी पसल, वर्कसप पनि सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ ।

होटल, रेष्टुरेन्ट र खाजा पसल भने पूर्णरुपमा बन्द हुनेछन् होम डेलिभरी भने गर्न पाईने प्रशाशनले जनाएको हो। कोरोना महामारीको दोस्रो लहर सुरु भएसंगै सुर्खेतमा अगता वैशाखको १५ गतेबाट निषेधाज्ञा जारि छ।

No photo description available.

No photo description available.

No photo description available.