Simta
Simta
lekbesi

ओलीको निरंकुश र स्वेच्छाचारी शासन अन्त्य गर्छौ: उपेन्द्र यादव

Gurvakot

काठमान्डौ – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी ओलीले निरंकुश र स्वेच्छाचारी शासन चलाएको बताएका छन्।

बिहीबार बानेश्वरमा विपक्षी गठबन्धनले गरेको सम्पादकहरूसँगको अन्तर्क्रियामा बोल्दै यादवले संसदलाई एउटै प्रधानमन्त्रीले २-२ पटक विघटन गरेको घटना विरलै हुने बता।

आफूहरूले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन १ सय ४९ जनाको बहुमत सांसदको हस्ताक्षर बुझाए पनि राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै निरन्तरता दिएको बताए।

lekbesi

राष्ट्रपतिले दिएको समयमा हामीले नेपाली कांग्रेसका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न १ सय ४९ को हस्ताक्षर बुझाएका छौ तर राष्ट्रपतिले केपी ओलीलाईनै निरन्तरता दिएको पाईयो। उनले भने कि त राष्ट्रपतिले भन्नुपर्यो कि म प्रधानमन्त्रीमा ओलीबाहेक अरूलाई देख्न चाहन्नँ।

१ सय ४९ जनामाथि भएको अन्यायको विरुद्द हामी सर्वोच्च अदालत गएका छौ ,हामीलाई आशा छ अदालतले न्यायको पक्षमा फैसला गर्ने छ। हामि ५ दल एक ठाँउमा छौ हामीलाई पुरा विश्वास छ उनले भने।

Simta