निर्वाचन आयोगले भर्खरै निकाल्यो यस्तो सूचना

साउन ११ ,काठमान्डौ – निर्वाचान आयोगले माओवादी केन्द्रले कारबाही गरेका पालिकाका १४ जनप्रतिनिधिको पद रिक्त गरेको सूचना निकालेको छ ।

२०७४ सालको पालिकाको चुनावमा माओवादी केन्द्रको तर्फबाट उमेद्वार भएर विजयी भएका तर नेकपा एमालेमा प्रवेश गरेका हरुलाई पदमुक्त गर्न नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगलाई जानकारी गराएपछि आयोगले शुक्रबार यस्तो सुचना निकालेको हो।

आयोगले निकालेको सूचनामा दुई मेयर पाँच उपमेयरसहित १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी छ । दल त्याग गर्ने सबैभन्दा बढी रौतहट र कैलालीका जनप्रतिनिधि देखिएका छन्

। रौतहटको मैलापुर नगरपालिकाका मेयर रिना कुमारी शाह र कटहरीया नगरपालिकाका मेयर सियारामप्रसाद कुशवाह पदमुक्त भएका हुन् । यस्तै महोत्तरीको साम्सी गाउँपालिकाका अध्यक्ष शेष फारुकलाई पनि आयोगले पदमुक्त गरिदिएको सूचनामा उलेल्ख छ ।यस्ता थप यी जनप्रतिनिधि पदमुक्त भएका छन्।

क्र.सं. पद नाम स्थानीय तह
१. प्रमुख रिना कुमारी साह मौलापुर न.पा. रौतहट
२. प्रमुख सियाराम कुशवाहा कटहरिया न.पा. रौतहट
३. उप्रमुख परनिया देवी देवाही गोनाही न.पा. रौतहट
४. उप्रमुख गौरिशंकर प्रसाद मैलापुर न.पा. रौतहट
५. उप्रमुख कान्ति देवी फतुवाविजयपुर न.पा. रौतहट
६. उपप्रमुख सिमल कुमारी साह माधवनारायण न.पा. रौतहट
७. उपाध्यक्ष गितादेवी साह यमुनामाई गा.पा. रौतहट
८. नगर का.पा. सदस्य सतमीलाल दास ताती लहान न.पा. सिरहा
९. अध्यक्ष शेष फारुक सम्सी गा.पा. महोत्तरी
१०. उपप्रमुख छायाँ देवी देवकोटा भजनी न.पा. कैलाली
११. वडाध्यक्ष भागिरथी विष्ट गौरीगंगा न.पा.–४, कैलाली
१२. वडाध्यक्ष शर्मानन्द भट्ट गोदावरी न.पा.–१, कैलाली
१३. वडाध्यक्ष पुरन विसी बर्दगोरिया न.पा.–४, कैलाली
१४. वडाध्यक्ष सुरेश कुमार थापा चम्पादेवी गा.पा.–७, ओखलढुंगा