सल्यानमा बाढी १०६ जना विस्थापित ,,
जेठ २७ – आज परेको अविरल वर्षाले बाढी पहिरो आउँदा सल्यानमा ४० घर परिवारका १०६ जना संकटमा परेका छन्। , वर्षाले सल्यानको सल्लीबजार नजिक पर्ने गैलिबजार डुबानमा परेको हो ।
, क्षेतिको एकिन विवरण आउन भने केहि समय लाग्ने छ। , आज ३ बजे तिर परेको वर्षाले बनगाड कुपिण्डे नगरपालिका गैलि बजार डुबानमा परेको हो भने सल्लिबाजारको केहि भू -भाग पनि डुबानमा परेको छ।
, डुबान परे लगतै स्थानिय प्रहरी चौकी र स्थानिय मिलेर पिडित परिवारलाई सुरक्षित ठाँउमा व्यवस्थापन गरियको छ। , मानवीय क्षति भने नभयको जानकारी छ। , डुबानमा परेका परिवारलाई राहत स्वरुप प्रतिव्याक्ति ५ केजी चामल ,२ केजी दाल नुन , बिस्कुट लगायतका खाद्य सामाग्री उपलब्ध गराइयको छ।
,नगर प्रमुख मन्जु एरिका अनुसार क्षेति विवरण संकलन गर्न वडा न १ का वडा अध्यक्ष शान्त कुमार एरिको संयोजकत्वोमा ५ सदस्यी समिति गठन गरियको छ। , बाढीले गर्दा घरमा भयका कुनै पनि सर सामान पीडितले लिन पायका छैनन ।, जसले गर्दा बाँधियर राखेका पशु पैया पनि डुबानमा छन् ।,