रुकुम चौरजहारी

जातीय विभेदका प्रश्नमा मन्त्रीको व्यवहार र प्रधानमन्त्रीको मौनता गम्भीर : कांग्रेस

रुकुम आठ विसकोट

काठमान्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जातीय विभेदको आरोपमा हिरासतमा रहेकी घरबेटीलाई छुटाउन सरकारकै मन्त्री सहभागि हुनुले राज्यकै भूमिकामाथि गम्भीर प्रश्न उब्जिएको बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ‌ओलीलाई शिक्षा, विज्ञान तथा प्रविधिलगायत मन्त्रीको जिम्मेवारीमा रहेका कृष्णगोपाल श्रेष्ठलाई अझै किन मन्त्री कायम राखेको भन्ने गर्दै कांग्रेसले प्रश्न गरेको छ।

शुक्रबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सार्वजनिक गरेको विज्ञप्तिमा रकार न्यायको संरक्षक र समाधानको उत्प्रेरक कि द्वन्द्व बढाउने पक्षधर हो भनिएको छ।

सञ्चारकर्मी रूपा सुनारलाई जातकै आधारमा बबरमहलकी घरबेटी सरस्वती प्रधानले कोठा नदिएपछि उनिविरुद्द उजुर परेको थियो। उजुरी परेपछि प्रहरीले पक्राउ गरेर लगेपछि उनलाई छुटाउन बुधबार मन्त्री श्रेष्ठ प्रहरी हिरासत कार्यालय नै पुगे र आफ्नो गाडीमा लगेर गएका थिए।

‘राज्यको भूमिका जिम्मेवार बनाउन सकिन्न भने हिजो गाइएका समानताका गीतहरु र आज संविधानमा लेखिएका न्यायका अक्षरहरुको मूल्य के बाँकी रहन्छ प्रधानमन्त्रीज्यू ?’ विज्ञप्तिमा भनिएको ।

‘प्रश्न रुपा सुनार र सरस्वती प्रधानबीचको संवाद र विवादको मात्रै होइन, प्रश्न यो प्रकरणले उजागर गरेको हाम्रो समग्र अनुहारको धुलो सफा गर्ने या ऐना पुछ्ने भन्ने हो ।

हामी कस्तो समाज, कस्तो संस्कार र कस्तो न्याय प्रणाली स्थापित गर्न चाहन्छौं भन्ने प्रश्न हो । सस्तो राजनीति चाहन्छौं कि जिम्मेवार ढंगले विषयको उठान र निदान गर्ने राज्य व्यवस्था चाहन्छौं भन्ने पनि हो ।

समाजमा विभेदका कारण अपमान ,अवहेलना र हत्या समेत जारि छ। शिक्षण अस्पतालमा अमित मिजारको शव अझै उठेको छैन नवराजहरुको घटना आलै छ। विभेदमुक्त समाजका लागि राज्यको सार्थक सामान्य र अभिभाव कीय भूमिका देशले खोजिरहेको बेला पछिल्लो घटनाले राज्यको भूमिकामा अगम्भिर प्रश्न उठेको समेत विज्ञप्तिमा उल्लेख छ।