रुकुम चौरजहारी

गुर्भाकोट ९ मा अत्याधुनिक डिजाईनका सुन चाँदीका गर गहनासहित भियन ज्वैलर्स संचालन

रुकुम आठ विसकोट

असार १२ – काठमान्डौ – सुर्खेत गुर्भाकोट नगरपालिका ९ बोटेचौर बजारमा अत्याधुनिक सुन चाँदीका गर गहना सहितको भियन ज्वैलर्स पसल संचालनमा आएको छ ।बोटेचौर बजारको चौतारा नजिक आज देखि भियन ज्वैलर्स संचालनमा आएको हो।

सुनमा शुद्दता भियन ज्वैलर्सको विश्वसनीयता न. १ का सुन चाँदीका गर गहना आधुनिक मेशिनबाट डिजाईन गरिने भियन ज्वैलर्सका संचालक अर्जुन रसाइली (शिरियन)ले बताए।

ग्राहकको चाहन अनुसार जुनसुकै गर गहना अर्डर अनुसार निर्माण गरिने र निर्माण गरिएका सुन चाँदीका गहना उपलब्ध गराईने पनि उनले बताए।

महिलाहरुको रोजाई भनेको सुनका गर गहना अत्यावस्यक मानिन्छन। अहिले युवती देखि बाल बच्चाले सुनका गहना लगाउने गरेका छन् ,त्यसैमा उनीहरुले प्रविधिसंगै नयाँ डिजाईनका गहना रुचाउछन। ग्राहकले चाहे खोजे जस्तासुकै गहना डिजाईन र निर्माण भियन ज्वैलर्समा भईरहेको शिरियनले बताए।