suekhet
bheriad

अटो रिक्सा दुर्घटनामा एक महिने बालिकासहित तीन जनाको मृत्यु

lekabesi

सुर्खेत २८ ।
पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–५ मुरमुरीमा आइतबार भएको अटो रिक्सा दुर्घटनामा एक महिने बालिकासहित तीन जनाको मृत्यु भएको छ। बावियाचौरबाट मुरमुरी जाँदै गरेको भे १ ह २१३५ नम्वरको अटो रिक्सा दुर्घटना हुँदा एक महिनाकी बालिका प्रतिक्षा शाही, आमा २४ वर्षीय विनिता शाही र अटो चालक अशोक रावतको मृत्यु भएको इलाका प्रहरी कार्यालय बावियाचौरका प्रहरी निरीक्षक सुशोभन श्रेष्ठले जानकारी दियको हो ।

बालिकाको दुर्घटनास्थलमै मृत्यु भएको हो भने दुई जनाको उपचारका लागि वीरेन्द्रनगर ल्याउने क्रममा बाटोमा मृत्यु भएको छ।दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइते हुनेमा पञ्चपुरी नगरपालिका ५ की २४ वर्षीय भुमिसरा रावल,
४२ वर्षका विर्खबहादुर नेपाली र २९ वर्षीया लाली नेपाली घाइते भएका छन्। उनीहरुको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ। मृतक सबै एउटै गाउँका हुन्।