प्रधानमन्त्रीले अदालातलाई धम्क्याउने गरेपछि अवहेलनासम्बन्धी मुद्दा दायर
असार १३ काठमान्डौ – सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर भएको छ । अधिवक्ता उमेश प्रसादले मुद्दा दायर गरेका हुन् ।
अदालतबाट विभिन्न चरणमा भएका आदेश तथा फैसलाको प्रतिकूल हुने गरी काम गरेको र प्रधानमन्त्रीले अदालतलाई उल्टै धम्क्याउने काम गरेको भन्दै अधिवक्ता प्रसादले ओलीविरुद्ध मुद्दा दायर गरेका हुन् ।
अदालतको आदेशको पूर्ण पाठ नआउँदै दोस्राे पटक प्रतिनिधि सभा विघटन गरेको विषयले पनि अदालतको अवहेलना भएको अधिवक्ता प्रसादको भनाइ छ ।
संविधानको धारा ७७ को प्रतिकूल हुने गरी मन्त्रिपरिषद् विस्तार गरेको र देशको कार्यकारी प्रमुखले नै संविधानको प्रतिकूल हुने गरी काम गरेकाले देशका लागि गम्भीर असर पर्ने रिटमा दाबी गरिएको छ ।