रुकुम चौरजहारी

भारतको करिब चार वटा प्रान्तमा फिल्म प्रदर्शनमा रोक ,,

रुकुम आठ विसकोट

रंग दर्पण १७ माघ – संजय लिला भन्सालीको यो फिल्म अनेक लफडा झेल्दै अघि बढिरहेको छ । फिल्मले चार दिनमा सय करोड (भारु) कमाई गरेको छ । जबकी भारतकै करिब चार वटा प्रान्तमा फिल्म प्रदर्शनमा रोक लगाइएको छ ।

भन्सालीको फिल्मले यस्तो कम्पन ल्याएको छ, जसले बलिउड हल्लाइरहेको छ । बलिउडमा पद्यावतलाई लिएर तर्क/विर्तक पनि चलिरहेको छ । अधिकांश बलिउडकर्मीले भन्सालीले ‘अकल्पनिय काम गरेको’ भन्दै तारिफ गरेका छन् । राजपुत करणी सेनाले चर्को बिरोध जनाइरहँदा पनि फिल्मको गति धिमा भएको छैन । न यसको, सौन्दर्य नै फिका छ ।

यसैबीच अभिनेत्री स्वारा भास्करले एक खुला पत्र लेखेकी छिन्, भन्सालीलाई लक्षित गर्दै । भन्सालीकै फिल्म ‘गुजारिस’मा सानो भूमिका निर्वाह गरेको अनुभव स्मरण गर्दै स्वारा भास्करले लेखेकी छिन्, जसले गर्दा अहिले बलिउडमा हलचल पैदा गरेको छ, फिल्म पद्यावतले । ‘तपाईको भव्य फिल्मको अन्त्यामा मैले आफुले आफैलाई योनीमा अवशोषित भएको महसुष गरें ।’