रुकुम चौरजहारी

सर्वोच्च अदालतबाट ५ बजेपछि भएका सबै फैसला खारेज हुनुपर्छ :महान्यायाधीवक्ता बडाल

रुकुम आठ विसकोट

असार १४ ,काठमान्डौ – प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि सोमबार सरकारीपक्षबाट बहस गर्दै महान्यायाधिवक्ता रमेश बडालले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिसमू बुझाएको सांसदको हस्ताक्षर जालसाजी र किर्ते रहेको बताएका छन्।

देउवाको दाबीमा हस्ताक्षर गरेका सांसदहरूको क्रमसंख्या नमिलेको र टिपेक्स लगाइको पनि उनले बताए। संवैधानिक इजलासमा उनले देउवाको निवेदन हेर्दा फौजदारी कानुन आकर्षित हुने खालको देखिएको बडालले बताएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सोधेका थिए – त्यस्तो हो भने त निवेदन दर्ता गर्ने बेला र निर्णयको बेलामै हेर्न पर्थ्यो नि ?

राष्ट्रपतिले संवैधानिक जामा पहिर्‍याइदिएर उनीहरूको इज्जत जोगाइदिनु भएको थियो। इज्जतको जामा फुकालेर आएपछि हामीले भन्न त पाइयो नि श्रीमान्,’ बडालले भने।

प्रधानमन्त्री बनाउने परमादेश मागेर आएकाले ति कागज जाँच गर्न उनको माग छ। यस्तै उनले अगाडी भने मेरो हस्ताक्षर दुरपयोग भयो भनेर समर्थन दिएका सांसदले नै कारबाही माग गर्न आउनु पर्ने होला नि?

प्रधानमन्त्रीले जहाँसम्म राति भेटेर निर्णय गरेको भन्ने प्रश्नको जवाफमा बडालले त्यसो हो भने सर्वोच्च अदालतबाट ५ बजेपछि भएका सबै फैसला खारेज हुनुपर्‍यो । जुन फागुन ११ को फैसला पनि ५ बजेभन्दा पछि भएको थियो ।