रुकुम चौरजहारी

दिन दु:खिले खाना खाने टहरा भत्काएर नगरपालिकाले हरियाली पार्क निर्माण गर्दै

रुकुम आठ विसकोट

असार १४ ,काठमान्डौ – काठमान्डौ अनामनगरस्थित सिंहदरबारको पूर्वी गेटनजिकै हाम्रो टिम नेपालले खाना बनाउन प्रयोग गरेको सार्वजनिक जग्गा खाली गरेर महानगरपालिकाले हरियाली पार्क निर्माण गर्ने योजना बनाएको छ।

हाम्रो टिम नेपालले उक्त जग्गामा निषेधाज्ञाको बेला काम गर्न नपाएर दुखमा परेका नागरिकलाई नि:शुल्क खाना खुवाइरहेको थियो। सार्वजनिक सरकारी जग्गा भएको हुँदा आफूहरुले पहिलेनै जग्गा खालि गर्न अनुरोध गरेको काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले बताए।

सार्वजनिक जग्गालाई खुला छाड्ने र हरियाली पार्क निर्माण गर्ने योजना अनुसार सार्वजनिक जग्गामा बनाएका टहरा महानगरपालिका व्यवस्थापनको निर्णय अनुसार नै हटाइदिएको उनले बताए।

हरियाली पार्क निर्माण गर्न ड्रोइङ–जिडाइन तयारी अवस्थामा रहेको पनि उनको भनाई छ। करिब एक वर्षदेखि ‘हाम्रो टिम नेपालका साथीहरुले उक्त स्थानमा बसेको र संरचना हटाउन पटक पटक आग्रह गर्दापनि नटेरेपछि बाध्यभएर टहरा हटाउनुपरेको महानगरपालिकाका नगर प्रहरी प्रमुख एसपी धनपती सापकोटाले बताए।

उँहाहरुको अभियानप्रति हाम्रो कुनै विमति छैन। तर अभियानका नाममा सरकारी जग्गा कब्जा गर्ने अनि पार्क निर्माण गर्ने, हरियाली बढाउने हाम्रो अभियानमा अवरोध गर्दै उल्टै अटेर गरेपछि टहरा हटाउन बाध्य परेको सापकोटाले बताए। यस्तै टहरा हटाउँदा झडप हुँदा हाम्रो टिम नेपालका २३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ भने केहि युवा युवती घाईते भएर वीर अस्पतालमा उपचार्रथ छन्।