सरकारले भन्यो शुल्क तिरेर कसैले खोप नलगाउनु ,लगाए कारबाही गरिने छ ,
असार १५ ,काठमान्डौ – सरकारले कोरोना भाइरसविरुद्धको खोप किनेर नलागाउन सरकारले आग्रह गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले उमेर समूह र अत्यावश्यक क्षेत्र अनुसार खोप वितरण भइरहेकोले शुल्क तिरेर खोप नलगाउन सर्वसाधारणमा आह्वान गरेका हुन् ।
मन्त्रालयले पैसा तिरेर खोप किन्न हतार नगर्न अनुरोध गर्दै शुल्क लिएर खोप उपलब्ध गराउनेलाई कारवाही गर्ने समेत जनाएको छ। सरकारले सबै नागरिकलाई निशुल्क कोरोना खोप उपलब्ध गराईरहेको भन्दै कसैलेपनि किनेर खोप नलगाउन जानकारी गरेको हो।
यदि कसैले खोप पैसा लगाईरहेको पाएमा अतुतुनता जानकारी गर्नपनि सरकारले आग्रह गरेको छ। नेपालमा हालसम्म २५ लाख ८७ हजार ८७३ जनालाई पहिलो मात्रा र ७ लाख ५२ हजार ११० जनालाई दोस्रो मात्राको खोप प्रदान गरेर कोभिशिल्ड र भेरोसेल खोप लगाइएको छ।
सरकारले यही असार २२ गतेबाट पुनः ६० बर्षदेखि ६४ बर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भेरोसेलको दोस्रो मात्राको लगाउने तयारि गरेको छ।