जातिय विभेद प्रकरण : प्रधानमन्त्रीले मन्त्री श्रेष्ठलाई भने आगामी दिनमा यस्ता गल्ति नगर्नुस

असार १५ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय विभेदविरुद्द गरेको आरोपमा पक्राउ परेकी सरस्वती प्रधानलाई आफ्नो गाडीमा लिफ्ट दिएर लागेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई सचेत गराएका छन् ।

प्रधानमन्त्री ओलीले शिक्षामन्त्री श्रेष्ठलाई आवेगमा आएर अबका दिनमा यस्ता गल्ति नगर्न सचेत गरेका हुन्। मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले आफूलाई प्रधानमन्त्रीले ध्यानाकर्षण गराएको बताए । आवेशमा आएर यस्तो काम नगर्नुहोस् ।

जुन काम तपाईंले गर्नुभयो, त्यो ठीक भएन भन्नुभएको छ श्रेष्ठले भने । सञ्चारकर्मी रुपा सुनारलाई दलीत भएका कारण कोठा भाडामा नदिएको भन्दै प्रहरीले काठमाडौं बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई नियन्त्रणमा लिएको थियो ।

मुद्दा चलिरहेकोबेलामा शक्ति र पदको दुरपयोग गर्दै मन्त्री श्रेष्ठले प्रधानलाई प्रहरी हिरासतबाट छुटाएका थिए भने आफ्नै गाडीमा लगेर गएका थिए। अहिले उनको चौतर्फी आलोचना र तत्काल राजिनामा दिन माग गरिएको छ।