राष्ट्रपति कार्यालयबाट संघीय संसद्को अधिकार अपहरण भयो : सभामुख सापकोटा

काठमान्डौ – सभामुख अग्निप्रसाद सापकोटाले अहिले संसदको अधिकार अपहरण भएको भएको बताएका छन्। मंगलबार सम्पादकहरूसँगको छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिदै सभामुखले अहिले संसदको अधिकार अपहरण भएको र राष्ट्रपति कार्यालयबाट अतिक्रमण भएको बताए।

मैले संसदलाई जीवन्त राख्न प्रयत्न गरिरहेको छु उनले भने। यस्तै सभामुखले अहिले राज्यका तीन मुख्य अंगहरू कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको सन्तुलन नराम्रोसँग बिग्रीएको बताएका छन्।

प्रतिनिधिसभा विघटन लगायतका घटनामा आफूले कस्तो भूमिका खेल्न सकिन्छ भनेर छलफल र परामर्शमा रहेको पनि सभामुख सापकोटाले बताए। संसद् विघटन भएपछि सभामुखले कानुनविद पूर्वसभामुख पूर्वप्रधानमन्त्रीहरू लगायतसंग छलफल गरिरहेका छन्।

केपी ओलीले दोस्रो पटक संसद् विघटन गरेपछि अहिले सर्वोच्च अदालतमा बहस चलिरहेको छ। संसद् पुनस्थापना भएको खण्डमा विश्व स्वास्थ्य संगठनले लागू गरेको स्वास्थ्य मापदण्ड सम्पूर्ण रुपमा पालन गर्दै संसद् चलाउन सचिवालय सक्षम रहेको पनि सभामुखले बताए।

गत वर्षाको पुष ५ गते संसद् विघट भएपछि सम्मानित अदालतले फागुन ११ मा सुचारु गरिदिएको थियो। ओलीले अवैधानिक ढंगले दोस्रो पटक संसद् भंग गरेका छन्। विगतलाई हेरेर मात्र पाठ सिकेर नहुने भन्दै सापकोटाले अब हामीले रचनात्मक र सिर्जनात्मक हिसाबले लाग्नुपर्ने बताए।