रुकुम चौरजहारी

सुर्खेतमा विभिन्न मुद्दामा फरार तिन अभियुक्त प,क्राउ

रुकुम आठ विसकोट

सुर्खेत – प्रहरीले विभिन्न समयमा कैदका लागि फैसला भई फरार रहेका तिन जना अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका,२ का ४० वर्षीय भीमप्रसाद न्यौपाने

वीरेन्द्रनगर ४ कालागाउँ बस्ने ४६ वर्षीय धर्मराज गिरी, दैलेखको दुल्लु नगरपालिका,६ छिउडी पुसाकोटका ३४ वर्षीय प्रदीप खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम सूचना अधिकारी रामप्रसाद घर्तीले बताए ।

न्यौपानेलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सर्वोच्च अदालतले २०७६ पुस २ गतेको फैसलाको आदेशअनुसार न्यौपानेलाई ९ वर्ष २ महिना १३ दिन कैद र २५,००० जरिवाना सुनाएको थियो ।

त्यसपछि उनि फरार रहेका थिए। यस्तै गिरीलाई चेक अनादर मुद्धामा सुर्खेत जिल्ला अदालतले २०७७ असार १० गतेको फैसलाको आदेशअनुसार प्रहरीले पक्राउ गरेको हो । उनले ४२ हजार ५०० जरिवाना तिर्नुपर्नेछ ।

अर्का फरार प्रतिवादी खड्कालाई सुर्खेत जिल्ला अदालतले २०६८ भदौ २८ गतेको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्ष कैद सुनाएको छ ।उनलाई वीरेन्द्रनगर बजारबाट पक्राउ गरी सुर्खेत जिल्ला अदालतमा उपस्थित गराइएको छ’ घर्तीले बताए।