कुमाख गाउँपालिका वडा नं ४ को आर्थिक बर्ष ०७५ -०७६ को योजना तर्जुमा बैठक सम्पन्न ,,
by …मिसर कुमार आचार्य ,सल्यान ,,
जेठ २९ ,सल्यान – कुमाख गाउँपालिकाको वडा नं ४ टोलमा आर्थिक बर्ष २०७५-०७६ को योजना तर्जुमा कार्यक्रम मङगलबार सम्पन्न भएको छ।आ.व. २०७५-७६ को बजेटमा वडाको गाँउ र टोलमा कस्ता योजना आबश्यक छ भनी योजना तर्जुमा कार्यक्रम गरिएको कुमाख गाउँपालिका ४ नम्बर वडाका वडा अध्यक्ष तिलबिर बुढाले जानकारी दिनुभयो ।
वडा अध्यक्ष बुढाले जनासहभागिताको माग अनुसार योजना छनौट गर्दा बिकाश दिगो हुनाका साथै जनताको अपेक्षा अनुसार बिकाश हुने भएकोले सबैले आ-आफ्नो टोल र बस्तिहरुको समस्या लाई योजनाको मागमा सम्बोधन गर्ना अपिल गर्नुभयो ।
तिलबिर बुढाका अनुसार गतबर्षबाट केही पाठ सिक्दै यसपटक ४ नम्बर टोलका बिभिन्न राजनितीक दल,सामाजिक संघ संस्था बुद्दिजिवी ,पत्रकारलाई सहभागी बनाएर योजना तर्जुमा कार्यक्रम गरिएको छ ।सहभागीले बिगतका कामको मुल्यांकन गर्दै टोलमा देखिएका र वडामा देखिएका समस्याहरुलाई मध्यनगर गर्दै बजेट बिनियोजन गर्न सुझाब दिएका छ्न ।
कुमाख गाँउपालिका ४ नम्बर वडाको प्रत्येक टोलमा परेको बजेट बिभिन्न निर्माण समितिले आफ्नो गाउँ आफैं बनाऊ भने सोचलाई बिर्सिएर नाफामुखी तीर निर्माण समिती अग्रसर भएकोले अपेक्षा बमोजिम बजेट परेर पनि बिकाश हुन नसक्नु बिडम्बना देखिन्छ।
अबको बजेटमा अनुगमणको पाटोलाई दरिलोको साथ आत्मसाथ गर्दै आर्थिक बर्ष २०७५-७६ को बजेटको योजनामा त्यस्ता निर्णाण समितिलाई छड्के निरक्षण गरेर कारबाही गर्न वडा अध्यक्ष बुढा समक्ष सहभागिले सुझाब दिएका छ्न।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिलबिर बुढाले तपाईहरुले म बाट धेरै अपेक्षा गर्नुभयको छ र मलाई बहुमुल्य भोट हाली निर्बाचित गरायको कुरा म कदापी भुल्ने छैन । ४ नम्बर वडालाई बिकाशको रफ्तारमा अगाडि बढाउन दत्तचित्त भएर लाग्ने छु।
तेस्को लागि , मात्र तपाईहरुको सहयोग मलाई अपरिहार्य छ । समाज सुधार समितिले तोकिएको नियमलाई अबज्ञा गर्न खोज्नेहरुलाई त्यतिकै नछोडिने पनि बुढाले बताय ।
तोकिएको समय भन्दा पनि बिहानै जाँडरक्सी सेवन गरि होहल्ला गर्ने ,जुवातास खेल्ने ,त्यस्ता ब्यक्तिहरुको सुचि तयार पारेर तुरुन्त कारबाही गर्ने बताउँनुभयो ।
कार्यक्रम प्रमुख अथिती कुमाख गाँउपालिका वडा न .४ का वडा अध्यक्ष तिलबिर बुढाको आथित्यमा सम्पन्न भयको थियो। ,कार्यक्रममा महिला सदस्य हस्तकला आचार्य लगायत अन्य अथिती बिभिन्न बिद्यालयका प्र.अ,बुद्दिजिवी ,पत्रकारको उपस्थिती रहेको थियो साथै कार्यक्रमको सञ्चालन जित बहादुर गिरिले गर्नुभएको थियो ।
विगतका दिनजस्तो वडा र जिल्लामा राजनीत बिषयले नहेरी देश र जनतालाई विकाशको बाटोमा अग्रसर गराउन समेत बुढाले जानकारी गरे । ,हिजोको दिनमा केन्द्रबाट बजेट आयन र विकाश हुन सकेन भन्ने छैन। ,अहिले स्थानिय सरकार आईसकेको र प्रतेक वडामा भने भन्दा बढी बजेट विनियोजन गरियको हुँदा यसको उपभोग गर्न नसके कहिले अगाडी बढ्न नसक्ने समेत बुढाको दाबि छ।