रुकुम चौरजहारी

आन्दोलनको लागि तयारि रहनुहोस :ओली

रुकुम आठ विसकोट

काठमान्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पङ्क्तिलाई आन्दोलनका लागि तयार रहन निर्देशन दिएका छन् ।

बालुवाटारमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले र एमाले नेतृत्वको सरकारविरुद्ध षड्यन्त्र भइरहेको र त्यसका लागि आन्दोलनको आवश्यकता रहेको उनले बताए ।

हाम्रै पार्टीका साथीहरु पनि एमालेलाई सिध्याउन लागिपर्नु भएको छ। एमाले र एमाले सकारका विरुद्ध षड्यन्त्रपूर्ण ढंगले गतिविधि भइरहेका छन।

यो षड्यन्त्रलाई चिर्नका लागि हामि आन्दोलनको मैदानमा पनि जना पर्ने अवस्था आउन सक्छ। मलाई त्यस्तो परिस्थित बन्दै गएको आभाष भएको ओलीले बताए। जसको लागि सम्पूर्ण सिङ्गो पार्टी पङ्क्तिलाई तयारीमा अवस्था रहन ओलीले निर्देश गरे।