उपत्यकामा थप एक साता निषेधाज्ञा थप्ने तयारी

असार २०, काठमाडौं – काठमान्डौ उपत्यकाभित्र निषेधाज्ञालाई थप निरन्तरता दिईने भएको छ।
पछिल्लोपटक थप गरिएको निषेधाज्ञा भोलि सोमबारसम्म सकिदै छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू संयुक्त रूपमा बैठक बसेर निषेधाज्ञाबारे निर्णय गर्ने तयारी गरेका छन्।
आज नै बैठक बसेर थप निर्णय गरिने श्रोतले जनाएको हो । यस्तै सार्वजनिक यातायात जोर-बिजोर गरेर गत सातादेखि नै सञ्चालनमा आएका छन्।


पसलहरू बिहान ६ देखि बेलुकी ७ बजेसम्म चल्न दिइएको छ।थप क्षेत्र खुला गर्ने गरी निषेधाज्ञालाई एक साता बढाउने पक्षमा प्रजिअहरू छन्।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले आज बेलुकी वा भोलिसम्म बैठक गरेर निर्णयमा पुगिने बताए।
कोरोना सङ्क्रमणको दोस्रो लहर बढेपछि गत वैशाख १६ देखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा गरिएको थियो। जसलाई सरकारले निरन्तरता दिईरहेको छ ।
