ईन्धनको मूल्य विरोधमा प्रधानमन्त्रीको पुत्ला जलाईयो ,,
जेठ,२९ काठमाडौं – इन्धनको मूल्य वृद्धिको विरोध गर्दै नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको पुत्ला जलाएको छ ।
विपक्षी कांग्रेससम्वद्ध विद्यार्थी संगठन नेविसंघले मूल्यवृद्धिको विरोधमा आन्दोलन गर्दै आएको थियो। सरकारले बेवास्था गरे पछि सोमबार प्रधानमन्त्रीको पुत्ला जलाइएको केन्द्रीय सदस्य सुशील भट्टले बताए ।
गोंगबु चोकमा भेला भएका नेविसंघका नेता कार्यकर्ताले नाराबाजी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका हुन् । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर पुत्ला तथा झण्डा खोसाखोससमेत भएको थियो ।
बाम सरकार एक भयलगतै ईन्धनको मूल्य २ पटक बढी सकेको छ। , भारत भन्दा नेपालमा ईन्धन सस्तो मूल्य पर्न आउछ ,तर पनि नेपालमा आयल निगमले घाटामा भयको भन्दै यसको असर जनतामा परेको छ ।