रुकुम चौरजहारी

केपी र माधव कमरेड बेस्सरी रिसाउनु भएको छ तत्काल पार्टी एकता हुन सक्दैन : गौतम

रुकुम आठ विसकोट

असार २० ,काठमान्डौ – नेकपा (एमाले) उपाध्यक्ष एवम् राष्ट्रियसभा सदस्य वामदेव गौतमले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालको रिस शिथिल नभएसम्म पार्टी एकता नहुने बताएका छन्।

राष्ट्रिय सभा बैठकमा भाग लिएर बाहिरिने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै उपाध्यक्ष गौतमले पार्टी एकता गर्नकै लागि आफू अध्यक्ष ओलीतिर लागेको र केन्द्रीय कमिटी बैठकमा गएको बताए।

नेता माधव नेपाल खनाल र केपी ओली अलग भएका छन् ,यो दुवैलाई मिलाउने भनेरै म लागिपरेको छु नेता गौतमले भने। माधव नेपाल बेसरी रिसाउनु भएको छ ,भने केपी ओली जी पनि बेसरी रिसाउनु भएको।

दुवैको रिस सिथिल नभएसम पार्टी एकता हुन नसक्ने पनि वामदेव गौतमले बताए। यस्तै अहिले पार्टी एकता नभएपनि सर्वोच्चको फैसला आएपछि पार्टी एकताको सम्भवना रहेको उनले बताए।