Simta
Simta
lekbesi

कांग्रेस भित्र ट्रेड युनियनमा गुट अबगुटको लडाई ,,

Gurvakot

जेठ, २९ काठमाडौं – नेपाली कांग्रेसभित्र गुटको लडाइँ देखियको छ ,गुटको लडाइँ ट्रेड युनियन कांग्रेसमा मुखरित भयको देखिन्छ ।ट्रेड युनियन कांग्रेसको छैटौं महाधिवेशनमा सोमबार काठमाडौंमा सुरु भएको छ । उद्घाटन सत्रमा सबै शीर्ष नेताहरु उपस्थित थिए भने अहिले नेताहरु आफ्नो गुटका लागि लबिङ गर्न आफैं महाधिवेशन स्थलमा व्यस्त छन् ।

 

देउवा समूहबाट वर्तमान अध्यक्ष खिलानाथ खनाल उम्मेदवार छन् भने पौडेल समूहबाट वरिष्ठ नेता पुष्कर आचार्य छन् । आचार्यलाई कृष्ण सिटौला, अजुननरसिंह केसी लगायत देउवा विरोधी सबैको समर्थन रहेको छ ।

स्रोतका अनुसार आम चुनावपछि सहमतिमा जोड दिँदै आएका महामन्त्री शशांक कोइराला पनि महाधिवेशन स्थलमा आचार्यलाई भोट माग्दै गरेको भेटिएको छ ।

lekbesi

देउवा र पौडेल समूहले ट्रेड युनियनको चुनावलाई प्रतिष्ठाको विषय बनाएका छन् । ‘ट्रेड युनियनमा कांग्रेसका रियल क्याडर छन् । यसको हार जितले अहिले चलिरहेको ध्रुविकरणको प्रयासमा ठूलो अर्थराख्छ’ ट्रेड युनियनका एक नेताले भने, ‘त्यसैले दुबै पक्ष कुनै पनि हातलमा चुनाव जित्न चाहन्छ ।

कर्मचारी, शिक्षक, इञ्जिनियरिङको चुनाव हारेको देउवा समूह यो चुनाव जसरी पनि जित्ने प्रयासमा छ । तर, रामचन्द्र पौडेल, कृष्ण सिटौला, अर्जुननरसिंह केसी लगायत सबै एक ठाउँमा आएकाले त्यति सजिलो छैन ।

Simta