केपी विद्या संविधान पढ भन्दै संयुक्त विद्यार्थीको आन्दोलन
असार २१ ,काठमान्डौ – संविधानमाथि लगातार आक्रमण भएपछि संयुक्त विद्यार्थी संगठनले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी,अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संयुक्त रूपमा प्रदर्शन गर्दै आएका छन् ।
प्रदर्शनमा सहभागीहरूले राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपालको संविधान पढ्न भन्दै लेखिएका प्लेकार्ड बोकेका थिए । उनीहरू प्रदर्शनमा संविधानसहित उपस्थित भएका थिए ।