नेकपा माओवादी (केन्द्र)को दर्ता खारेज माग गर्दै एमाले नेताहरु निर्वाचन आयोगमा

असार २३,काठमान्डौ – नेकपा माओवादी केन्द्रको दर्ता खारेज माग गर्दै पूर्वमाओवादीका नेताहरु निर्वाचन आयोगमा पुगेका छन्। माओवादी परित्याग गरेर एमालेमा गएको रामबहादुर थापा बादल समूहका नेताहरुले बुधबार आयोगमा निवेदन दिएका हुन् ।

माओवादीले २०६९ यता महाधिवेशन नगरेको र १३ साउन २०७३ मा पार्टी एकताका नाममा आयोगलाई झुक्याएको भन्दै माओवादी केन्द्रको एकता खारेज गर्न उनीहरुले माग गरेका हुन् ।निवेदन दिन अधिवक्ता सरोज बुढाथाकीसँगै एमाले नेताद्वय लीलबहादुर थापा र रामचन्द्र मण्डल आयोग पुगेका छन् ।

एमालेतिर लागेका तत्कालील प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी, राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादल, प्रदेशसभा सदस्य मण्डल लगायतलाई माओवादी कारबाही गरेको थियो ।

त्यसपछि उनीहरुको सांसद पद गुमाएको थियो । प्रधानमन्त्री केपी ओली तिर लागेपछि ओलीले मन्त्रीमा नियुक्त गरेका थिए। गैर सांसदलाई मन्त्री बनाएको भन्दै सर्वोच्च अदालातमा रिट निवेदन परेपछि उनीहरुको मन्त्री पदपनि गएको छ।

यस्तो छ पत्र