शिक्षा मन्त्रीको राजीनामा नआए संसदमै अनसन बस्छु
असार २३ ,काठमान्डौ – नेकपा माओवादी केन्द्रका सांसद राधेश्याम पासवानले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले राजीनामा नदिए संसदमै अनसन बस्ने चेतावनी दिएका छन्।
राष्ट्रिय सभाको बैठकमा पासवानले सञ्चारकर्मी रूपा सुनार प्रकरणमा घरबेटी सरस्वती प्रधानलाई छुटाउन प्रहरी कार्यालय पुगेका शिक्षा मन्त्रीले राजीनामा दिनुपर्ने बताए।
रूपा सुनारले जातीय विभेदको मुद्दा दर्ता गराउँदा पनि मन्त्रीले हिरासतबाट सरकारी गाडीमा छुटाएर संविधानको खिल्ली उडाएको पासवानको भनाई छ । उनले भने दलितलाई व्यक्तिको घरमात्र हैन मन्दिरमा पनि प्रवेश निषेध छ ,सार्वजानिक धारामा वन्चित गरिएको छ ।
२०६३ जेठ २१ गते छुवाछुत राष्ट्र मुक्त घोषणा गरेपनि अझै विभेद नहट्नु विडम्बना रहेको भन्दै उनले तत्काल शिक्षा मन्त्रीले राजीनामा गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गरेको बताए। नेपालको संविधान ऐन अनुसार जातिय छुवाछुत विभेद गर्नेलाई तिन वर्ष जेल २ लाख जरिवानाको वेवास्था गरिएको छ।
नेपालको राजधानीको मुटु काठमान्डौमा जातिय छुवाछुतका घटना हुनु अत्यान्दै दुखद घटना भएको पासवानले बताए। त्यस्तै यस्ता घटना देशभरमा समेत घटेको हुँदा ६० लाख दलितको सरकारले खिल्ली उडाएको उनले बताए।