रुकुम चौरजहारी

ओली नेपालबीच छलफल सहमति हुनसकेन

रुकुम आठ विसकोट

काठमान्डौ  – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सम्वाद भएपनि सहमति हुनसकेको छैन । दुवै नेताबीच झन्डै दुई घण्टा भएको छलफलमा कुनै सहमति जुट्न सकेन ।

बैठकमा ओली पावर सेयरिङमा सहमत नभएपछि बैठक निष्कर्षविभिन् भएको एक नेताले रंग दर्पणलाई बताए। दुवै नेताबीच नक्सालको मृत होटेलमा छलफल भएको थियो।

ओली र नेपालको छलफलमा कार्यदलका नेताहरूमा नेपाल पक्षका कार्यदल संयोजक भीम रावल, सदस्य सुरेन्द्र पाण्डे तथा ओली पक्षका कार्यदल संयोजक सुवास नेम्वाङ छलफलमा सहभागी थिए ।