जाजरकोटमा नमस्ते टेलिकमको टावरमा काम गरेको पैसा नपाएपछि स्थानीयले टावर बन्द गरे

असार २४ ,जाजरकोट – टेलिकमको काम गर्द अहिले सम्म पारिश्रमिक नपाएपछि मजदुरले जाजरकोटमा टेलिकमको टावर बन्द गर्दीएका छन्। मजदुरले नलगाड नगरपालिका,८ गराइलाको टावर बन्द गरेका हुन् ।

टावर निर्माण गरेको लामो समयसम्म मजदुरलाई ठेकेदारले ज्याला उपलब्ध नगराएपछि टावर बन्द गर्नुपरेको स्थानीय मजदुर हीरालाल बटालाले बताए। टावर डोल्पा, रुकुम पश्चिमको गोतामकोटको टावरलाई लिङ्क दिनका लागि राखीएको थियो।

मजदुरले टावर बन्द गरेपछि अहिले जाजरकोटको नलगाड नगरपालिका, रुकुम पश्चिमको आठबीसकोट र डोल्पाको मुड्केचुलामा रहेका टावर बन्द भएका छन्। करिब दुई वर्ष लगाएर निर्माण गरिएको उक्त टावरबाट मजदुरले रु २ लाख लिन बाँकी रहेको पिडितले बताएका छन्।

मजदुरले पारिश्रमिक नपाएसम्म टावर नखोल्ने बताएका छन्। ठेकेदारको बदमासीले गर्दा मजदुर मर्कामा परेको जाजरकोट नेपाल टेलिकमका प्रमुख गोविन्द्र अधिकारीले बताए।