दार्चुलामा पहिरोले जलविद्युत आयोजना बगाएर लग्यो ३ को मृ,त्यु
असार २४ दार्चुला – दार्चुलाको नौगाढ गाउँपालिका,३ खार नजिकैको चौखुट्टेमा अविरल वर्षासँगै आएको पहिरोले पुर्दा एकै घरका दुई सहित ३ जनाको मृ,त्यु भएको छ।
ज्यान गुमाउनेमा ७२ वर्षीया गेउली ठगुन्ना र उहाँकी तीन महिनाकी नातिनी मन्जरी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
यस्तै नौगाड ३ कै २९ वर्षीय लक्ष्मण सितौलीको पनि पहिरोमा परेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब (डीएसपी) मनोहर भट्टले बताए।
यस्तै बाढी पहिरोले नौगाढ गाउँपालिका,३ मा रहेको ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघु जलविद्युत आयोजना बगाएको छ।बढीले नौगाड ६ मा तिनवटा पानी घट्ट, जामिर जोड्ने झोलुङ्गे पुल खानेपानी आयाेजना बगाएको डीएसपी मनोहर भट्टलेजानकारी गरे।