Gold

मेमोरी बढाउनु छ भने कालो तील खानुहोस वेद बढ्नुहोस : प्रधानमन्त्री ओली

Naumule Migrate

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजले छाडेका ज्ञानलाई अनुशरण गरेर मात्र अघि बढ्न सकिने बताएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गरेको कार्यक्रमलाई सम्बोधनका क्रममा उनले पूर्वजहरुले कयौं परम्परागत ज्ञान दिएर छोडेकाले त्यसलाई अनुशरण गर्दै अघि बढ्न सकेमात्रै विषय विज्ञता हासिल गर्न सकिने बताए ।

एक जेनेरेसनमा नै मेहनत गरेर विद्वान हुन सकिँदैन । जेनेरेसन टु जेनेरेसनको मेहनतबाट मात्रै विद्धान हुन सकिन्छ । हामीहरुले पूर्वजको मेमोरी, जेनेटिक मेमोरी, मानिसको सबैभन्दा श्रेष्ठता हो,’ उनले भने, मेमोरी पावर र इन्नोभेटिभ पावर मिलेको हुन्छ र हामी विकास गर्न सक्छौं ।

हाम्रो जस्तो देशमा हामीले असाधारण ढंगले काम गर्न सक्छौं । मानवीय श्रेष्ठताको सबैभन्दा ठूलो कुरा पुर्खाको ज्ञानलाई स्वीकारी नयाँ आविष्कार गर्दै जानुपर्नेमा उनले जोड दिए । अनुकूल हावापानी र विविध भौगोलिक अवस्था भएका कारण हिमाली, पहाडी र तराईको हावापानी अनुसारका वस्तु उपादन गर्न सकिने उनले बताए ।

प्रधानमन्त्री ओलीले वेदको रचना सबैभन्दा पहिले भएको भन्दै नेपालीले आफ्नै गौरवपूर्ण इतिहासलाई संरक्षण सम्वर्द्धन गर्दै नयाँ आविष्कारमा लाग्नुपर्नेमा जोड दिए । प्रधानमन्त्रीले कार्यक्रममा पुराना ज्ञानहरु अत्यन्तै प्रभावकारी भएको भन्दै पानीसराको औषधि कालो तील भएको भन्दै लगाउने तरिका पनि सुझाए ।

प्रधानमन्त्रीले हिजो एक जना नजिकैका एक मित्रलाई यो औषधि सिकाईदएको बताए। उँहाले जनैखटिरा भन्नु भो मैले हेर्न त हेरिन म आफैलाई पनि पानिसरा भएको थियो।

त्यो छिटो फैलिन्छ ,घाउ पोल्छ खटिरा आउ। कालोतिल आफैंले चपाएर थपकथपक लगाइदियो भने निको हुन्छ। यस्तै बिरामीले चपाउन मजा मान्छन।

मसिनो गरि चपाउने अनि लपक्कै लगायो भने फोकाहरि निको हुन्छन।पूर्वजहरूको पालामा नेपाली समाजमा महिलालाई सम्मान गर्ने संस्कार रहेको उल्लेख गर्दै त्यस्तै समानताको समाज निर्माणमा सरकार लागेको पनि ओलीले बताए ।

 

 

 

 

 

Naumule Badhipahiro