धरौटीमा छुटे लगतै पुन पक्राउ ,,
जेठ,३० काठमाडौं – मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा ठगी गरेको आरोपमा पक्राउ परेका भीएलएनका सञ्चालक राम श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंले १० लाख धरौटीमा छाड्न अादेश दिएको छ ।
तर, प्रहरीले फेरि पक्राउ गरेको छ । श्रेष्ठ वाइड स्पेस म्यानपावरका सञ्चालक र हारभेष्ट मुन ट्राभलका सञ्चालक पनि हुन् । प्रहरीले गत ७ जेठमा भीएलएनको कार्यालयमा छापा मारेर सञ्चालक श्रेष्ठलाई पक्राउ गरेको हो ।
बुधबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमर बस्नेतको इजलानसले १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । तर, त्यसलगत्तै, उनीलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जिल्ला प्रहरी कार्यालय, ललितपुरमा उनी सम्बन्धित अर्को उजुरी अनुसन्धानको क्रममा भएकाले पक्राउ गरिएको बताए ।ललितपुर प्रहरीबाट आएको पत्र अनुरुप उनलाई ललितपुर प्रहरी समक्ष बुझाइनेछ’ ।
श्रेष्ठलाई पक्राउ गरि अनुसन्धान पछि सरकारी वकिलको कार्यालयले २ अर्ब ८६ करोड १५ लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो ।
श्रेष्ठले भिसा स्ट्याम्पिङका लागि भीएलएन खडा गरेर ३२ सय रुपैयाँ असुल्दै आएका थिए । उनको यो धन्दा २०७० कात्तिकदेखि चलिरहेको थियो । ७ सय रुपैयाँमा हुने कामका लागि उनले ३२ सय असुल्दा कामदार मर्कामा परेका थिए ।
विदेश जाने कामदार ठगिगरियको र मलेसिया स्वास्थ्य परिक्षनमा गरियको बायोमेट्रिक अन्त्य गर्दै सरकारले ठगि हरुमा छानबिन गरि रहेको छ ।, हाल अहिले मलेसियाको लागि कामदार जना बन्द गरियको छ ।, सरकारले दोहोरो सम्झौता गरि मात्र विदेश जना सुचारु गर्ने बतायको छ।