अर्घाखाँचीमा झन्डै आठ सय लिटर अवैध घरेलु रक्सी नष्ट
काठमान्डौ- अर्घाखाँची – प्रहरीले अर्घाखाँचीमा झन्डै आठ सय लिटर अवैध घरेलु रक्सी नष्ट गरेको छ । सन्धिखर्क नगरपालिका १ का विभिन्न ठाउँमा लुकाइ छिपाइ रक्सि बनाउने र बेच्ने गरेको भन्दै प्रहरीले छापा मार्नेको थियो। घरेलु रक्सिका कारण समाजमा भाड भैलो झगडा बढ्न थालेपछि प्रहरीले निगरानी बढाएको थियो।
खोजी गर्दै जाँदा झन्डै आठ सय लिटर रक्सी भेटिएको र नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) अम्मरबहादुर थापाले बताए । थापाका अनुसार उक्त रक्सि खानयोगना नभएको पनि भनाई छ।
पछिल्लो समय घरेलु रक्सीमा अखाद्य पदार्थ मिसाउने तथा खाँदा स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले सरकारले त्यस्ता रक्सी उत्पादनलाई अवैधानिक मानेको छ भने निगरानी बढाएको छ देखिन्छ।