अदालतलाई प्रभाव पार्ने गरि मेरो कुनै सहमति हुदैन : नेपाल

असार २७ ,काठमान्डौ – नेकपा एमाले बरिष्ठ नेता माधवकुमार नेपालले अदालतलाई प्रभाव पार्नेगरी सहमति नहुने बताएका छन्।

एमाले एकताका लागि कार्यदलले तयार पारेको मस्यौदामा सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने शब्दावली राखिएको भन्दै माधव नेपालले फिर्ता पठाइदिएका हुन् ।

शनिबार कार्यदलले तयार पारेको मस्यौदामाथि सहमति जुटाउन नेपाल पक्षका कार्यदल सदस्यहरु आइतबार बिहान नेपाल निवास कोटेश्वर पुगेका थिए ।

नेता नेपालले मस्यौदामा रहेको एक शब्दावलीमा असहमति जनाएपछि उनीहरु सिंहदरबार फर्किएका हुन् । अदालतलाई प्रभाव पार्ने गरि मेरो कुनै सहमति हुँदैन। यस्तै हस्ताक्षर फिर्ता हुन सक्दैन । यो मेरो बटमलाइन हो नेपालले भने।

प्रधानमान्त्री ओलीले विपक्षि गठबन्धनक नेपाली काग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर सर्वोच्च अद्लातबाट फिर्ता ल्याउने सर्त गरेपछि नेपालले हस्ताक्षर फिर्ता नहुने बताएका हुन्।अहिले सिंहदरबारमा कार्यदलको बैठक बसिरहेको छ ।