माओवादी केन्द्रको लेटरप्याड दुरुपयोग नगर्न एमाले नेताहरुलाई निर्वाचन आयोगको चेतावनी
काठमान्डौ – निर्वाचन आयोगले एमालेका नेताहरुलाई माओवादी केन्द्रको लेटरप्याड दुरुपयोग नगर्न चेतावनी दिएको छ।
पूर्वमाओवादी पार्टी छोडेर एमालेमा गएका राम बहादुर थापा बादल ,टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको सिफारिसमा भविसोर पराजुलीले गत असार २५ गते आयोगमा निवेदन दिएका थिए।
माओवादी केन्द्रको वैधता दावी गर्दै दिएको निवेदनलाई खारेज गर्दै आयोगले उल्टै अन्य दलको लेटरप्याड दुरुपयोग नगर्न चेतावनी दिएको हो।
यसरि गलत तरिकाले नेकपा माओवादी केन्द्रको लेटरप्याड प्रयोग गर्ने भविसोर पराजुलीलाई सचेत गराई आयोगमा अभिलेखीकरण गर्ने निर्णय गरिएको निर्वाचन आयोगले जनाएको छ।
यस्तै नेकपा माओवादी केन्द्र वैधानिक रहेको निर्वाचन आयोगले ठहर गरेको छ।आयोगले माओवादी केन्द्रले नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐनले तोकेका प्रावधान र अन्य नियम पालना गरिरहेको जनाएको छ।